एनआरएनए बेल्जियममा सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने म्याद जून ३० सम्म थप

everest kitchen

ब्रसेल्स, बेल्जियम – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनका लागि समयसीमा आगामी जून ३० तारिख रातको १२ बजेसम्म थप गरेको जानकारी दिएको छ।

एनआरएनएको हालैको केन्द्रीय निर्णय तथा नेपालको सर्वोच्च अदालतको पछिल्लो फैसलाले वर्तमान कार्यसमितिलाई आगामी अक्टोबरसम्म मान्यता प्रदान गरेपछि, संघको परम्परा अनुसार Smart NRNA एपमार्फत MIS प्रणाली प्रयोग गरी सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने काम तीव्र रूपमा अगाडि बढाइएको छ।

संघका अनुसार, नेपाली समुदायबाट आएको माग र सुझावअनुसार यो समयावधि थप गरिएको हो, जसले सबै इच्छुक नेपालीहरूलाई सदस्यता लिन र नविकरण गर्न सजिलो हुनेछ।