बारा – बारा जिल्ला स्थित सुवर्ण गाउँपालिका, पचगछिया निवासी दिनेश्वर यादव मलेसियामा बिगत १०/१२ दिनदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।
हाल मलेसियाको सलेङ्गर (Selangor) जिल्लास्थित एक कम्पनीमा कार्यरत यादवको मानसिक अवस्था हल्का असन्तुलित रहेको पारिवारिक स्रोतले जनाएको छ। पछिल्लो पटक सम्पर्कमा आएका यता उनी सम्पर्कमा नरहेका हुँदा परिवार चिन्तित र व्याकुल भएका छन्।
यदि कोही व्यक्तिले उहाँलाई देख्नु भएको छ वा उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नु भएको छ भने, कृपया निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गरी सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ:
नेपालमा सम्पर्क (WhatsApp): 9817253646
मलेसियामा सम्पर्क (WhatsApp): 0146855741
उहाँको सुरक्षाको सुनिश्चितता र शीघ्र फेला पार्नको लागि तपाईंहरूको सानो जानकारीले ठूलो सहयोग पुर्याउन सक्छ।