ग्लास्गो — स्कटल्याण्डविरुद्धको तेस्रो खेलमा ९८ रनको लक्ष्य पछ्याउँदै गरेको नेपाललाई सुरुवातमै पहिलो झट्का लागेको छ। आक्रामक सुरुवात गरेका ओपनर लोकेश बम ९ रनमा आउट भएका छन्।
ब्रान्डन म्याकमुलनको बलमा लोकेश बमलाई जर्ज मन्सीले क्याच गरे। उनले ५ बलमा २ चौका प्रहार गर्दै १८० को स्ट्राइक रेटमा रन जोडेका थिए।
खेलको तेस्रो ओभरमा विकेट गुमाउँदा नेपालको स्कोर २४ रन पुगेको थियो। नेपालले अझै बलियो सुरुवात कायम राख्न प्रयास गरिरहेको छ।
हाल क्रिजमा कुशल भुर्तेल र अनिल साह छन्। लक्ष्य सानो भए पनि सतर्कताका साथ ब्याटिङ गर्नुपर्ने आवश्यकता देखिएको छ।