नेपाललाई दोस्रो झट्का, अनिल साह ३ रनमै बोल्ड

everest kitchen

ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल ९८ रनको लक्ष्य पछ्याइरहेको छ। तर सुरुवातमै लगातार विकेट गुमाउँदा दबाबमा परेको छ।

३.१ ओभरमा नेपालले दोस्रो विकेट गुमाएको छ। ब्याट्सम्यान अनिल साहलाई ज्यार्भिसले बोल्ड गरेका छन्। साहले ३ बलमा ३ रन बनाएका थिए, कुनै चौका वा छक्का प्रहार गर्न नसकी उनी पभेलियन फर्किए।

नेपालको स्कोर अहिले २४/२ छ। अब क्रिजमा कुशल भुर्तेलसँग कप्तान रोहित पौडेल छन्।

सानो लक्ष्य भए पनि नेपालले अब संयमित र सतर्क ब्याटिङ गर्नुपर्ने देखिएको छ।