नेपाल संकटमा: कप्तान रोहित पौडेल पनि आउट, ३८/३ को अवस्थामा टोली दबाबमा

everest kitchen

ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको तेस्रो खेलमा ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा परेको छ। ७.२ ओभरमा कप्तान रोहित पौडेल ७ रनमा आउट भएपछि नेपाल ३८/३ को अवस्थामा पुगेको छ।

सफयान शरिफको सटीक बलिङमा रोहित क्लिन बोल्ड भएका हुन्। उनले १४ बल खेले पनि कुनै चौका वा छक्का प्रहार गर्न सकेनन्। स्ट्राइक रेट मात्र ५० रहेको थियो।

नेपालले यसअघि लोकेश बम (९ रन) र अनिल साह (३ रन) गुमाइसकेको थियो। अहिले क्रिजमा कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी रहेका छन्।

अब नेपाललाई जितका लागि अझै ६० रन आवश्यक छ ७६ बल बाँकी रहँदा।
सानो लक्ष्य भए पनि नेपालले विकेटहरू छिटो गुमाएकाले खेल थप रोचक र तनावपूर्ण बन्दै गएको छ।