सेन्दाई, जापान – गैर आवासीय नेपाली संघ जापान (NRNA) को क्षेत्रीय समिति, सेन्दाईले आगामी ४औं अधिवेशनको तयारीस्वरूप तोहोकु सेन्दाईवासी नेपालीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमका माध्यमबाट सेन्दाई क्षेत्रका नेपाली समुदायका सदस्यहरूको विचार र अपेक्षाहरूलाई केन्द्रीय समितिसम्म पुर्याउने उद्देश्य राखिएको छ।
कार्यक्रममा क्षेत्रीय समिति र समुदायका सदस्यहरूले नेपाली समुदायको हितमा र आगामी अधिवेशनका लागि योजनाबद्ध छलफल र विचारविमर्श गर्नेछन्। यस कार्यक्रममा सबै तोहोकु सेन्दाईवासी नेपालीलाई सहभागी हुने अनुरोध गरिएको छ।
कार्यक्रम उद्देश्य:
-
४औं अधिवेशनको तयारी
-
तोहोकु सेन्दाईवासी नेपाली समुदायका समस्याहरू र आवश्यकता र सुझावहरूको आदान-प्रदान
-
नेपाली समुदायको एकता र सशक्तिकरणका लागि नयाँ योजनाहरूको सृजन
-