रौतहटमा सेफ्टी टंकीमा डुबेर बालबालिकाको मृत्यु

everest kitchen

सञ्जय मिश्रा
रौतहट ११ असार।
रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना  बालबालिकाको मृत्यु भएको छ।

चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको  ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको  मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युजकारखानालाई बताए ।

गएराति पौने ८ बजेको समय  ती बालबालिका खेल्ने क्रममा प्लाइले ढाकेको पासवानको उक्त ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबी गम्भिर घाईते भएका थिए ।

घटनाको खबर लगत्तै  प्रहरी चौकी चेतनगरबाट गएको टोलीले बालबालिकाको उद्धार गरी उपचारको लागि  प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लैजाँदा चिकित्सकले दुवै जनाको सवा ८ बजे मृत्यु भएको घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।

घटनापछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थप टोली गएर अनुसन्धान गरिरहेको डिएसपी राजकुमार राईले बताएका छन्।

दुवैजना बालबालिकाको शव पोष्टमार्टमका लागि स्वास्थ केन्द्रमा राखिएको छ।

एकैपटक दुई बालबालिकाको ट्वाईलेटको ट्यांकीमा डुबेर मृत्यु भएपछि सिंगो बिनुवा टोल गाउँ अहिले शोकमग्न बनेको छ।