रौतहट, ११असार ।
सीमावर्ती भारतीय बजारबाट लागु औषधसहित खरीद गरी ई रिक्सामा लुकाई छिपाई आएका चालक लाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शंका लागि जाँच गर्दा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक
चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो।
उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।
ई रिक्सासहित पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ। प्रहरीले लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रण गर्न कडा निगरानी राखिएको जनाएको छ।