NRNA पोल्याण्डको आठौं अधिवेशन आगामी २६ जुलाईमा हुने

everest kitchen

पोल्याण्ड, असार १५गैर आवासीय नेपाली संघ (NRNA) पोल्याण्डले आगामी आठौं अधिवेशन २०२५–२०२७ कार्यकालका लागि २६ जुलाई २०२५ (शनिबार)का दिन आयोजना गर्ने घोषणा गरेको छ।

संघले एक सूचना जारी गर्दै सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई अधिवेशनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ। अधिवेशनको अवसरमा संघको नयाँ कार्यसमिति चयन, विगत कार्यकालको प्रतिवेदन प्रस्तुति, तथा आगामी योजना र नीतिहरू निर्धारण गरिनेछ।

संघले स्थान र समयसम्बन्धी विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ।

NRNA पोल्याण्डले सबै सदस्यहरूको सक्रिय सहभागिता मार्फत अधिवेशनलाई सफल बनाउने विश्वास लिएको छ।