सन्तोष कुँवरद्वारा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

ब्रिस्बेन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनमा सन्तोष कुँवरले अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। आउँदो जुलाई २६ मा हुने निर्वाचनका लागि उनले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव र भावी योजनाहरू प्रस्तुत गर्दै सम्पूर्ण अष्ट्रेलियाबासी नेपाली समुदायसँग साथ, सहयोग र समर्थनको अपील गरेका छन्।

कुँवरले करिब एक दशक लामो एनआरएनए यात्राको अनुभवलाई आधार बनाई नेतृत्वका लागि अघि सरेका हुन्। उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा प्रवेश गरेदेखि आजसम्म सामाजिक तथा संस्थागत सेवामा निरन्तर सक्रियता जनाउँदै आएका छन्।

संस्थामा कुँवरको अनुभव:

  • राज्य समन्वय परिषद् सचिव (लगभग 10 वर्ष अघि)

  • राज्य संयोजक (2017–2019)

  • आईसीसी सदस्य (2019–2021)

  • ओसेनिया क्षेत्रीय उप-समन्वयक (2021–2023)

  • हाल: एनआरएनए अष्ट्रेलियाका महासचिव (2023–2025)

उनले भनेका छन्, “मैले संस्थालाई प्रविधिमैत्री, पारदर्शी, र संस्थागत रूपमा सबल बनाउन निरन्तर योगदान दिँदै आएको छु। अहिलेको नेतृत्व अनिल पोखरेलको मार्गदर्शनमा संस्था थप उचाइमा पुगेको छ, र म महासचिवको रूपमा त्यस यात्रा साक्षी भएको छु।

दुई वर्षे कार्ययोजना

कुँवरले अध्यक्षका लागि तयार पारेको दुई वर्षे कार्ययोजना चाँडै पोस्ट र भिडियोहरू मार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।

साथ, समर्थन र सुझावका लागि अपील

सन्तोष कुँवरले आफ्ना अग्रज, साथीसंगी, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकारात्मक सल्लाह, सुझाव र अमूल्य समर्थन प्रदान गर्न आग्रह गर्दै निर्वाचनलाई एक सकारात्मक रूपान्तरणको अवसरका रूपमा लिने आह्वान गरेका छन्।