एनआरएनए जापानको कोषाध्यक्ष पदमा राकेश लामाको उम्मेदवारी घोषणा

everest kitchen

टोकियो, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि राकेश लामाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

एनआरएनए जापानभित्र कान्तो क्षेत्रीय सदस्य, कोषाध्यक्ष, संयोजक, र केन्द्रीय युवा संयोजक (२०२१–२०२३) का रूपमा उल्लेखनीय अनुभव बटुलेका लामाले संस्थाको पारदर्शिता, आर्थिक सुशासन र सबल संरचना निर्माण आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

उनी भन्छन्: “शिवप्रसाद पौडेलज्यूको नेतृत्वमा हामीले विगतमा समर्पित भएर काम गरेका थियौं। यसपटक संस्थालाई अझ पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले म कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छु।”

मुख्य एजेन्डाहरू:

  • फजुल खर्च नियन्त्रण

  • प्रत्येक ३ महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक

  • एनआरएनए जापानलाई आर्थिक रूपमा सशक्त र संस्थागत बनाउने

  • पारदर्शिता र जवाफदेहिता कायम गर्ने

राकेश लामाले २०२३–२०२५ कार्यकालमा पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिन चाहेका थिए तर संस्थाको एकता कायम राख्न एक कार्यकाल पछि हट्ने निर्णय गरेका थिए। अब भने उनले स्पष्ट रूपमा भनेका छन् –
“अहिले म कुनै भ्रम वा आशंका बिना, पूर्ण प्रतिबद्धताका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु।”

स्लोगन: “हिसाब पारदर्शी, संस्था बलियो – राकेश लामा, तपाईंको भरोसायोग्य कोषाध्यक्ष”

राकेश लामाले सम्पूर्ण एनआरएनए जापान सदस्य, अग्रज, युवा तथा शुभेच्छुकहरूलाई साथ, सल्लाह र अमूल्य मतको आग्रह गर्दै आफ्नो उम्मेदवारीप्रति विश्वास प्रकट गरेका छन्।