ओकिनावा, जापान — गैरआवासीय नेपाली संघ (NRNA) जापान अन्तर्गत ओकिनावा क्षेत्रीय समितिको ५औं अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि सुबास गुरुङलाई संयोजक पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमिति यसप्रकार रहेका छन्:
-
संयोजक: सुबास गुरुङ
-
उपसंयोजकहरू: सुभाष थापा, प्रकाश जङ्ग तामाङ, विकास सुबेदी
-
सचिव: नवराज पुन मगर
-
सह–सचिव: सुजन कार्की
-
कोषाध्यक्ष: मनोज कुमार शाह
-
सह–कोषाध्यक्ष: बाशुदेव पौडेल
-
युवा संयोजक: प्रकाश खड्का
-
सदस्यहरू:
-
ईश्वर छत्कुलि
-
नवराज तिमल्सिना
-
सुशन कार्की
-
नव-निर्वाचित कार्यसमितिले ओकिनावामा रहेका नेपालीहरूको हकहित संरक्षण, सामाजिक समावेशिता, आपसी एकता, तथा नेपाली भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने दृढ प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी, स्थानीय नेपाली समाजका अगुवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।