सिड्नी, अस्ट्रेलिया – एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचन २०२५–२०२७ का लागि राज गुरुङले न्यू साउथ वेल्स राज्य संयोजक (State Coordinator – NSW SCC) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राज गुरुङले अनुभव, सेवा र एकताको सन्देश दिँदै यस पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। लामो समयदेखि नेपाली समुदायमा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका गुरुङले समर्पित टिमसहित चुनावी मैदानमा उत्रिने जनाएका छन्।
“हामी अनुभवी, इमानदार र समर्पित टिमसहित आएको छौं। हाम्रो उद्देश्य सशक्त, एकताबद्ध र उत्तरदायी नेपाली डायस्पोरा निर्माण गर्नु हो,” गुरुङले भने।