सिड्नी, अष्ट्रेलिया – आगामी एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ का लागि हेमन लामिछानेले NSW राज्य परिषद् (NCC) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामिछानेले सम्पूर्ण एनआरएनए सदस्य तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायको अमूल्य समर्थनको लागि हार्दिक अनुरोध गरेका छन्।
चार वर्षदेखि Auburn Nepalese Community मा सक्रिय रही सामाजिक कार्यमा समर्पित हेमन लामिछानेले विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै नेपाली समुदायको हितमा योगदान पुर्याउँदै आएका छन्।
उनी भन्छन्, “म विगत चार वर्षदेखि निरन्तर समुदायको सेवा गर्दै आएको छु। अब एनआरएनए अष्ट्रेलियाको NCC सदस्यका रूपमा अझ बढी जिम्मेवारीसाथ सेवा गर्ने लक्ष्यका साथ उम्मेदवारी दिएको हुँ। तपाईंहरूको साथ र समर्थनले मलाई अझ प्रेरित र सक्षम बनाउनेछ।”
लामिछानेले निर्वाचनमा आफूलाई मतदान गरेर समर्थन जनाउन सबैलाई अपील गरेका छन्।