एनआरएनए पश्चिम अष्ट्रेलिया निर्वाचन : बासु सापकोटाद्वारा सह-संयोजक पदमा उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचन २०२५ का सन्दर्भमा बासु सापकोटाले पश्चिम अष्ट्रेलियाको राज्य समन्वय समिति (State Coordination Council – SCC) अन्तर्गत सह-संयोजक (Deputy Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सापकोटाले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भने, “समुदायको सेवा गर्ने दृढ संकल्प र स्पष्ट कार्ययोजनाका साथ यो पदमा उम्मेदवारी दिन पाउँदा गौरवान्वित छु।”

उहाँले यस अघि NRNA मा नेतृत्वदायी भूमिकामा रहेर संस्था सञ्चालन र नीति निर्माणमा महत्वपूर्ण अनुभव हासिल गरेका छन्।

अनुभव र नेतृत्व भूमिकाः

  • २०२१–२०२३: पश्चिम अष्ट्रेलियाको राज्य समन्वय समिति (SCC) सदस्य

  • २०२३–२०२५: राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य – नीति निर्माणमा सक्रिय

“हाम्रो टिम” अभियानका प्रमुख प्रतिबद्धताहरू:

  • समुदायलाई खेलकुदमार्फत जोड्ने

  • नेपाली संस्कृति, भाषा, र कलाको प्रवर्द्धन

  • सामाजिक सहयोग र आपत्कालीन सहायता

  • पर्थ नेपाली मन्दिर र सामुदायिक केन्द्रमा सहयोग

  • साना व्यवसाय र स्टार्टअपहरूको प्रवर्द्धन

  • महिला तथा युवा सशक्तीकरण – Connect, Unite, and Empower

  • संस्थागत सुशासन र पारदर्शिता

  • NRNA WA को भविष्य योजना (२०२५–२०२७)

बासु सापकोटाको अपिल:

“हाम्रो साझा समुदायलाई अझ सशक्त, संगठित र समृद्ध बनाउने यो अभियानमा तपाईंहरूको साथ र समर्थन अत्यावश्यक छ। कृपया आफ्नो अमूल्य मतद्वारा मलाई सेवा गर्ने अवसर दिनुहोस्,” भन्ने हार्दिक अपिल बासु सापकोटाले गरेका छन्।