एनआरएनए अष्ट्रेलिया (न्यू साउथ वेल्स) २०२५–२०२७ का लागि एससीसी सदस्य पदमा मेरो उम्मेदवारी: डिपेन्द्र थापा

everest kitchen

अष्ट्रेलिया, न्यू साउथ वेल्स
समाचार डेस्क, हिमाल टाईम्स

एनआरएनए अष्ट्रेलिया (न्यु साउथ वेल्स) २०२५–२०२७ कार्यकालका लागि SCC सदस्य पदमा डिपेन्द्र थापा उम्मेदवार बनेका छन्। अष्ट्रेलिया सन् २०१४ मा पसेका पेशागत सेफ, करियर एड्भोकेट तथा प्रवासी समुदायका सक्रिय आवाज डिपेन्द्रले आफ्नो उम्मेदवारी घोषणा गर्दै युवा तथा नयाँ आगमन भएका नेपालीहरूलाई सशक्तिकरण र मार्गदर्शन गर्ने संकल्प लिएका छन्।

भान्सादेखी समुदायको मुटुसम्मको यात्रा

डिपेन्द्र थापा अष्ट्रेलिया आउँदा एकजना सपना बोकेका युवा थिए। आफ्ना परिवारलाई पछाडि छोडेर जीवनलाई पुनः आकार दिन उनले बेपर्वाह कदम चाले। आज उनी एक सफल सेफ मात्र होइन, हजारौं प्रवासीहरूका लागि प्रेरणाका स्रोत पनि बन्न पुगेका छन्। विगत दशकमा उनले देखेका छन्—अनेक अन्तर्राष्ट्रिय विद्यार्थीहरू दबाबका कारण गलत कोर्स र रोजगारीमा फसिरहेका छन्।

“हामीले नयाँ पुस्तालाई केवल PR (स्थायी बसोबास) सम्म सीमित नगरौं। जीवनको उद्देश्य, आत्ममूल्य र प्रगतिको यात्रालाई प्राथमिकता दिउँ।” – डिपेन्द्र थापा

किन SCC सदस्यको उम्मेदवारी?

डिपेन्द्र भन्छन्—”हाम्रो युवाहरूको जीवन राम्रो बन्नुपर्छ। नयाँ आउनेहरूलाई कागजी प्रक्रिया मात्र होइन, जीवनयात्राको स्पष्ट बाटो चाहिन्छ।” उनी SCC सदस्य बनेर यिनै मुद्दामा आवाज उठाउने प्रणसहित चुनावी मैदानमा उत्रिएका छन्।

किन टिम ‘एकता’?

डिपेन्द्रले टिम ‘एकता’ बाट उम्मेदवारी दिएका छन्। उनी भन्छन्—“परिवर्तन एकताबाट सुरु हुन्छ। टिम एकता बोल्दैन, काम देखाउँछ। हामी सुन्छौं, देख्छौं र कार्य गर्छौं।”

समुदायप्रतिको सन्देश

डिपेन्द्र थापाले नेपाली समुदायमा एउटा गहिरो सन्देश दिएका छन्: “हामी अब केवल बाँचेको जस्तो होइन, फस्टाएको देखिनुपर्छ। नयाँ पुस्तालाई PR तर्फ मात्र होइन, शक्ति, उद्देश्य र गौरवको यात्रातर्फ लैजाऔं। म तपाईंहरूको प्रतिनिधि होइन, तपाईंहरूको साथी भएर तपाईंले हिँडेको बाटोबाटै आएकाे छु।”