ओरेन्ज, न्यू साउथ वेल्स
समाचार डेस्क, हिमाल टाईम्स
नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ता, महिला र अपांगता अधिकारकर्मी लुना सिवाकोटीले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
सेवामूलक यात्राबाट नेतृत्वको यात्रासम्म
सन् २०२३ मा टेम्पोररी ग्राजुएट भिसामा अष्ट्रेलिया आएकी लुना हाल ओरेन्ज, NSW मा श्रीमान् र दुई सन्तानसहित बसोबास गर्दै आएकी छिन्। उनी नेपालको झापामा अपांगता समावेशी शिक्षाकी जिल्ला संयोजक, योग प्रशिक्षक तथा सामाजिक अभियन्ताको रूपमा १८ वर्षको पेशागत अनुभव बोकेर अष्ट्रेलिया आएकी हुन्।
अष्ट्रेलियामा उनी हाल aged care र disability support क्षेत्रमा कार्यरत छिन्। साथै, उनी हालको SCC सदस्यका रूपमा पनि कार्यरत रहेकी छन्।
“म प्रवासी आमाको रूपमा आशा, जिम्मेवारी र दृढ संकल्प बोकेर आएको हुँ – र गर्वका साथ सेवा गर्न तयार छु।” – लुना सिवाकोटी
किन NCC सदस्य पदमा उम्मेदवारी?
लुना भन्छिन्—
“महिला, क्षेत्रीय परिवार र विविध आवश्यकताका व्यक्तिहरूको लागि स्पष्ट, नजिकको र विश्वसनीय आवाज बन्न म उम्मेदवार बनेकी हुँ। मेरो जीवनयात्रा नै समुदायको अनुभव र आशालाई जोड्ने पुल बन्ने स्रोत हो।”
किन टिम ‘एकता’?
“टिम एकता एकताको मात्र होइन, कार्य र नतिजाको प्रतीक हो।”
लुनाले हालको कार्यकालमा यस टिमसँग काम गर्दै आएको अनुभवलाई मूल्यांकन गर्दै भनिन्—
“यो टिम साँचो समर्पण, इमान्दार नेतृत्व र सामूहिक सोचमा आधारित छ। म गर्वका साथ यस टिमको हिस्सा बनेकी छु।”