सृजना भण्डारी भण्डारीको उम्मेदवारी घोषणा: एनआरएनए एनटी महिला संयोजकका लागि युवा नेतृत्व र परिवर्तनको प्रतिबद्धता

everest kitchen

डार्विन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को कार्यकाल २०२५–२७ का लागि महिला संयोजक पदमा सृजना भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनी Team Bhawani Poudyal तर्फबाट उम्मेदवार बनेकी हुन्।

“एक युवा नेतृ, समुदायको परिवर्तनकी अभियन्ता”

सन् २०२२ मा अष्ट्रेलिया आएकी सृजना भण्डारी डार्विनमा बसोबास गर्दै आएकी छन्। सीमित स्रोत–साधनका साथ सुरू भएको उनको यात्राले उनलाई नेतृत्व, सेवाभाव, र समुदायप्रतिको उत्तरदायित्व सिकाएको छ।

“मैले आफैंबाट थालेँ, सिकेँ, संघर्ष गरेँ, र अहिले म त्यो अनुभव अरूलाई सशक्त बनाउन चाहन्छु।”

उम्मेदवारीको उद्देश्य

सृजना निम्न कारणका लागि महिला संयोजकको जिम्मेवारी लिन चाहन्छिन्:

▪️ नयाँ आप्रवासी, महिला र युवाहरूको आवाज बन्न
▪️ नेपाली–अष्ट्रेलियाली समुदायबीच एकता र सहकार्यको भावना फैलाउन
▪️ नयाँ पुस्तालाई नेतृत्व, सेवा र अवसरतर्फ प्रेरित गर्न

किन Team Bhawani Poudyal?

“हामी बोलेर मात्र होइन, काम गरेर देखाउँछौं। यो टोलीले युवा नेतृत्व, महिला सशक्तिकरण र निष्पक्ष सेवामा विश्वास गर्छ। यही कारण म Team Bhawani सँग उभिएको छु।”

समुदायप्रति सन्देश

“यदि तपाईंले युवा नेतृत्व, वास्तविक कार्य र सच्चा ऐक्यबद्धतामा विश्वास गर्नुहुन्छ भने म तपाईंको विश्वास र मतको याचना गर्दछु।”

“युवाले नेतृत्व गर्नुपर्छ, महिलाले बोल्नुपर्छ, र हामी सबै मिलेर समाजमा सार्थक परिवर्तन ल्याउन सक्छौं।” – सृजना भण्डारी