लेपिङ्टन, सिड्नी — आगामी कार्यकाल (२०२५–२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्सको संयुक्त सचिव पदमा बिजय घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी Team EKATA NSW बाट उम्मेदवार बनेका हुन्।
“अवरोधबाट अवसरसम्मको यात्रा”
२००९ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका बिजय, हाल डिसएबिलिटी सेवा क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। अष्ट्रेलियामा बसोबासका क्रममा उनले शारीरिक अपांगता भएका नेपालीहरूको पहुँच र समर्थनमा ठूलो अभाव देखे, जसले उनलाई समावेशीता र न्यायको पक्षमा आवाज उठाउन प्रेरित गर्यो।
“म यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ सबै व्यक्तिहरू — विशेषतः अपांगता भएका — सम्मान, स्वतन्त्रता र समान अवसरका साथ बाँच्न सकून्,” घिमिरे भन्छन्।
उम्मेदवारीको उद्देश्य
▪️ अपांगता भएका व्यक्तिहरूको आवाज बनेर उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु
▪️ समावेशिता, समान अवसर र सामाजिक न्याय प्रवर्द्धन गर्नु
▪️ आपसी सहयोग र करुणाको आधारमा समुन्नत नेपाली-अष्ट्रेलियाली समुदाय बनाउनु
किन Team EKATA?
बिजयको अनुसार, Team EKATA मात्र नारा होइन, व्यवहारमा पनि एकता, सेवा र नतिजामूलक कार्यको उदाहरण हो। यो टोली विविधता, सहानुभूति, र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धतामा आधारित छ।
“Team EKATA ले हरेक वर्ग, विशेष गरि विद्यार्थी, आप्रवासी, अपांगता भएका व्यक्तिहरू, र महिला–सबैका लागि ठाउँ बनाउने विश्वास गर्छ,” घिमिरे थप्छन्।
समुदायका लागि सन्देश
“यदि तपाईं समावेशिता, समान अवसर र एकजुट नेपाली-अष्ट्रेलियाली समुदायमा विश्वास गर्नुहुन्छ भने, म तपाईंको समर्थन र मतको लागि विनम्र अनुरोध गर्दछु।”
“हामी सबै मिलेर यस्तो भविष्य निर्माण गर्न सक्छौं जहाँ कुनै पनि व्यक्ति पछाडि नपरोस्, सबैको आवाज सुन्न पाइयोस्, र सबैलाई अवसर उपलब्ध होस्।” – बिजय घिमिरे