न्यूक्यासल निवासी सुनिल श्रेष्ठ एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य पदमा उम्मेदवार

everest kitchen

न्यूक्यासल, अष्ट्रेलिया – जुलाई २
एनआरएनए न्यू साउथ वेल्स (NRNA NSW) को आगामी कार्यकाल (२०२५–२७) का लागि न्यूक्यासल निवासी सुनिल श्रेष्ठले एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पर्वत, नेपालमा जन्मिएका श्रेष्ठ सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका थिए। उनले निर्माण, ग्राहक सेवा र आतिथ्य क्षेत्र हुँदै हालसम्मको यात्रा तय गर्दै अहिले एक जिम्मेवार अतिथ्य व्यवसायी र युवाका लागि प्रेरणादायक अभियन्ताको रूपमा चिनिँदै आएका छन्।

समुदायसेवाबाट नेतृत्वसम्मको यात्रा

श्रेष्ठले अष्ट्रेलियामा बसोबास गर्दै सांस्कृतिक विविधता प्रवर्द्धन, युवामुखी कार्यक्रम आयोजना, र सामुदायिक समावेशिता जस्ता विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी भन्छन्, “युवालाई नेतृत्वमा ल्याउने र एनआरएनएलाई भविष्यमुखी संस्था बनाउने मेरो प्रमुख उद्देश्य हो।”

उम्मेदवारीका उद्देश्यहरू

श्रेष्ठले एनआरएनएमा आफ्नो उम्मेदवारीका कारण र प्राथमिकताहरू स्पष्ट पार्दै भनेका छन्:

▪️ युवालाई नेतृत्वमा ल्याउने
▪️ नवप्रवर्तन, लगानी र अवसर प्रवर्द्धन गर्ने
▪️ नेपालसँगको सम्बन्ध अझ मजबुत बनाउने
▪️ पुस्ता–पुस्ताबीच सहकार्य गर्ने वातावरण निर्माण गर्ने

किन Team EKATA?

श्रेष्ठले Team EKATA NSW लाई रोज्नुको कारणबारे स्पष्ट पार्दै भनेका छन्: “Team Ekata एकता, पारदर्शिता र सकारात्मक परिवर्तनमा विश्वास गर्ने समूह हो। यहाँका सदस्यहरू नारा होइन, परिणाम दिन चाहन्छन्।”

उनका अनुसार टीम एकताको प्राथमिकता:

▪️ पारदर्शी नेतृत्व
▪️ युवाको क्षमता विकास
▪️ व्यवसायिक सहकार्य
▪️ सबैका लागि समावेशी र समान प्रतिनिधित्व

समुदायप्रति सन्देश

श्रेष्ठले समुदायप्रति यस्तो सन्देश दिएका छन्: “हाम्रो समुदायमा अपार सम्भावना छ — विशेषतः युवाहरू र पेशेवरहरूमा। अहिले नै सही समय हो अनुभव र उर्जाबीचको पुल बाँध्ने, र एनआरएनएलाई भविष्यतर्फ डोर्याउने।”

उनले थपे: “म तपाईंहरूको साथ र विश्वासको अपेक्षा राख्छु ताकि हामी एउटा समावेशी, सशक्त र आदरणीय एनआरएनए निर्माण गर्न सँगै अघि बढ्न सकौं।”