सिड्नी, अष्ट्रेलिया – जुलाई २
हर्न्सबी, एनएसडब्ल्यु निवासी प्रदीप कँडेलले एनआरएनए एनएसडब्ल्यु (२०२५–२७) कार्यकालका लागि एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बागलुङ, नेपालका स्थायी बासिन्दा कँडेल सन् २००९ मा अष्ट्रेलिया आएका थिए र आजसम्मको यात्रामा व्यवसाय, निर्माण र समुदाय सेवामा सशक्त भूमिका निर्वाह गर्दै आएका छन्।
व्यवसाय र जीवन यात्रा
प्रदीप कँडेल हाल हर्न्सबीको वेस्टफिल्डमा “Centrepoint Café” सञ्चालन गर्दै आएका छन् भने निर्माण क्षेत्रमा पनि सक्रिय रूपमा कार्यरत छन्। उनले आतिथ्य, खुद्रा व्यापार, निर्माण र साना व्यवसायको क्षेत्रमा करिब १५ वर्षको अनुभव सँगालेका छन्।
उनको जीवनयात्रा स्कुल पढ्दै भान्सामा सहायकको रूपमा सुरु भएको हो। उनले आफ्नो सीप र अनुभवलाई विस्तार गर्दै अष्ट्रेलियाको जटिल श्रम बजारमा सफल व्यवसायी र पेशेवरको रूपमा आफूलाई स्थापित गरेका छन्।
समुदायमा सक्रियता
कँडेल २०१६ देखि North Shore Nepali Community (NSNC) मा सक्रिय सदस्य रहँदै आएका छन्। Asquith Chautari मार्फत उनले स्थानीय नेपाली समुदायको भलाइ, सांस्कृतिक संरक्षण र समावेशी सहभागिताका क्षेत्रमा योगदान दिँदै आएका छन्।
उनी भन्छन्, “विद्यार्थी, पेशेवर, व्यवसायी र परिवारहरूबीच सशक्त नेटवर्क निर्माण गर्नु आजको आवश्यकता हो। एनआरएनएको माध्यमबाट म सबै नेपालीहरूको वास्तविक आवाज प्रतिनिधित्व गर्न चाहन्छु।”
किन Team EKATA?
कँडेलले Team EKATA NSW रोज्नुको कारण यसरी व्यक्त गरे: “Team EKATA मेरो मूल्य–मान्यता अनुरूपको समूह हो – जहाँ एकता, पारदर्शिता, र सकारात्मक परिवर्तनका लागि प्रतिबद्धता छ।”
उनका अनुसार, यो टीमले अगाडि सारेका मूल दृष्टिकोणहरू यस्ता छन्:
-
पारदर्शी नेतृत्व
-
युवा सशक्तिकरण
-
व्यवसायिक सहकार्य
-
समावेशी प्रतिनिधित्व
समुदायप्रति सन्देश
कँडेलले आगामी निर्वाचनको सन्दर्भमा नेपाली समुदायप्रति यस्तो अपील गरेका छन्: “यो समय हो – एनआरएनए एनएसडब्ल्युलाई भविष्यमुखी, समावेशी र समुदाय–केन्द्रित बनाउने।
तपाईंहरूको विश्वास र समर्थन आवश्यक छ, ताकि हामी युवादेखि वृद्धसम्म, विद्यार्थीदेखि व्यवसायीसम्म सबैको आवाज समेट्न सकौं।
म तपाईको मत मात्र होइन, तपाईको भरोसा माग्दैछु – समृद्ध र एकीकृत नेपाली समुदायका लागि।”