लिस्बन, पोर्चुगल | २ जुलाई २०२५
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा जय बहादुर के.सी.ले उम्मेदवारी दर्ता गराएका छन्।
बागलुङ, नेपाल घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आएका के.सी. एनआरएनए पोर्चुगलका पञ्जीकृत सदस्य हुन्। अध्यक्ष पदका लागि उनले निर्धारित १००० युरो शुल्क सहित आफ्नो मनोनयन निवेदन १६:०७ बजे, निर्वाचन समितिको कार्यालय लिस्बनमा बुझाएका हुन्।
जय बहादुर के.सी.ले आफूले पदीय जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले आगामी कार्यकालमा संगठनलाई अझ मजबुत, पारदर्शी र प्रवासी नेपालीहरूको हितमा केन्द्रित बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गरेका छन्।