सिड्नी, अष्ट्रेलिया –
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको एनएसडब्ल्यु एसवाईएफ (SYF) उप–युवा संयोजक पदका लागि आगामी कार्यकाल २०२५–२०२७ का लागि प्रज्वल गौतमले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
गौतमले युवा नेतृत्व, रचनात्मक सोच र सामुदायिक सेवामा सक्रिय सहभागितालाई आफ्ना प्राथमिकता बनाउँदै युवा समुदायलाई प्रतिनिधित्व गर्न आफू अग्रसर भएको जनाएका छन्।
उनले आफ्नो उम्मेदवारी घोषणासँगै भने, “म युवाहरूको आवाजलाई अझ बुलन्द बनाउने, अवसरहरू सिर्जना गर्ने र समावेशी नेतृत्व विकासमा योगदान पुर्याउने अठोटका साथ अघि बढेको छु।”
गौतमले सशक्त र संगठित युवाशक्ति निर्माणका लागि सबैको साथ, समर्थन र सुझावको अपेक्षा पनि व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघ – एनएसडब्ल्यु राज्य समन्वय परिषद् अन्तर्गतको आगामी निर्वाचन २६ जुलाई २०२५ (शनिबार) का दिन हुने तय भएको छ।
प्रज्वल गौतमको उम्मेदवारीसँगै एनएसडब्ल्यु युवासमाजमा उत्साह र सकारात्मक बहसको सुरुआत भएको छ।