सिड्नी, अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया राज्य समिति निर्वाचन २०२५ को लागि अब केवल २३ दिन बाँकी रहँदा, ‘टीम एकता एनएसडब्ल्यू’ सम्पूर्ण उत्साह र योजनासाथ चुनावी मैदानमा अग्रसर देखिएको छ।
“विविधतामा एकता” भन्ने नाराका साथ अघि बढिरहेको टीम एकतामा विभिन्न पृष्ठभूमिका नेपाली– व्यवसायी, विद्यार्थी, अभिभावक, कामदार र पेशेवरहरूको समावेश छ। उनीहरू सबैको साझा उद्देश्य भनेको इमानदारी, पारदर्शिता र कार्यदक्षताका साथ नेपाली समुदायको सेवा गर्नु हो।
उषा किरण बरिया पोखरेलको नेतृत्वमा अघि बढिरहेको यो टोलिले एनएसडब्ल्यू राज्यभर समुदायको भोगाइ, संघर्ष र सम्भावनालाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
“यो हाम्रो समय हो — सँगसँगै अघि बढ्ने। हामी सुन्छौं, बुझ्छौं र कार्य गर्छौं,” भनी टोलीका सदस्यहरूले भनिरहेका छन्।
उनीहरूले नेपाली समुदायभित्रको एकता, भाषा-संस्कृति संरक्षण, सामाजिक सेवा पहुँच, महिला तथा युवा सशक्तिकरण जस्ता बृहत् एजेन्डाहरूलाई प्राथमिकतामा राखेका छन्।