एनआरएनए आयरल्याण्डको महासचिवमा प्रत्यासी प्रविण बरालको घोषणाः “समर्थनशील, सक्रिय र निडर समुदाय निर्माण गरौं”

everest kitchen

डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनमा महासचिव पदका लागि प्रविण बरालले उम्मेदवारी घोषणा गरेका छन्।

गत ४ वर्षदेखि सदस्य र कोषाध्यक्षको भूमिकामा रहेर सक्रिय सेवा, समर्पण र परिणाममुखी कार्यशैली देखाएका बरालले अब नेतृत्व तहमा प्रवेश गर्दै समुदायमैत्री, समावेशी र व्यवहारिक योजना सहित चुनावी मैदानमा उत्रिएका छन्।

महत्वपूर्ण एजेन्डाहरू

१. मानसिक स्वास्थ्य कार्यक्रम:
बरालले आयरल्याण्डमा एनआरएनएको पहिलो “Mental Health Campaign” सुरु गर्ने प्रतिबद्धता जनाएका छन्, जसले प्रवासी नेपालीभित्रको मौन संघर्षको अन्त्य गर्दै सहयोगी सञ्जाल निर्माण गर्नेछ।

२. खेलकुद र स्वास्थ्य प्रवर्द्धन:
“स्वस्थ समुदाय, सबल समुदाय” भन्ने नारासहित सबै उमेर समूहका लागि खेलकुद, योग तथा स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन्।

३. कानुनी सहायता सबैका लागि:
आयरल्याण्डको जीवनशैली, आप्रवासन, श्रम अधिकार लगायत विषयमा सहयोग पुर्‍याउने उद्देश्यले “Legal Aid Clinics”Advisory Sessions सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्।

प्रविण बराललाई किन मतदान गर्ने ?

  • सिद्ध योगदान: ४ वर्षको निरन्तर सेवा—सदस्यदेखि कोषाध्यक्षसम्मको जिम्मेवारी।

  • कायम वाचा, पूरा कार्य: बोलेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता।

  • नयाँ सोच र ऊर्जा: सक्रिय, सशक्त र एकीकृत एनआरएनए आयरल्याण्ड निर्माणका लागि स्पष्ट दृष्टिकोण।

बरालले भनेका छन्: “आउनुहोस्, हामी मिलेर एक सहयोगी, सक्रिय र निडर नेपाली समुदाय आयरल्याण्डमा निर्माण गरौं।”