ब्रिसबेन, अस्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समिति (QLD SCC) सदस्य पदका लागि महेश पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।
“साझा एनआरएनए वास्तबमै हामी सबैको साझा अभियान हो,” भन्दै पौडेलले आफ्नो उम्मेदवारी सन्देशमार्फत समुदायलाई संस्थागत सबलीकरण र समावेशी सहभागितामा जोड दिएका छन्।
सबैको अपनत्वसहितको एनआरएनए निर्माणको प्रतिबद्धता
“सबल एनआरएनए” को प्रमुख आधार भनेकै यो साझा अभियानलाई थप संस्थागत गर्दै समुदायका सबै सदस्यलाई अपनत्वको भाव दिनु हो,” पौडेलले उल्लेख गरेका छन्।
उनका अनुसार, एनआरएनए केवल संस्थागत संरचना नभई सम्पूर्ण प्रवासी नेपालीहरूको साझा पहिचान, आवाज र समर्थनको केन्द्र हो।
समुदायप्रतिको समर्पण र आह्वान
एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्न सकिने उत्कट चाहना आफूमा रहेको उल्लेख गर्दै, उनले सबैसँग सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा व्यक्त गरेका छन्।