एनआरएनए नारी निकुञ्ज पश्चिम अष्ट्रेलिया संयोजक पदमा मिम सुबा गुरुङको उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, अष्ट्रेलिया –
पश्चिम अष्ट्रेलियामा बसोबास गरिरहेकी सामाजिक अभियन्ता मिम सुबा गुरुङले गैर आवासीय नेपाली संघ (NRNA) नारी निकुञ्ज, पश्चिम अष्ट्रेलियाको संयोजक (Coordinator) पदका लागि आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गरेकी छन्।

सन् २०२१–२३ मा उप–संयोजक र हाल (२०२३–२५) को कार्यकालमा संयोजकको भूमिकामा रहेर नेपाली महिलाहरूको हित, संस्कृति र पहिचानको संरक्षणमा कार्यरत गुरुङले अबको कार्यकालमा अझ प्रभावकारी ढंगले काम गर्ने अठोटका साथ उम्मेदवारी घोषणा गरेकी हुन्।

उनको भनाइ: “म सधैंपछाडि हैन, महिलाहरूलाई अगाडि ल्याउने पक्षमा छु। नारीहरूको आत्मबल, सीप र नेतृत्वलाई उजागर गर्न नारी निकुञ्ज सशक्त माध्यम हो। मैले यो यात्रामा यहाँहरूको माया, साथ र भरोसा पाइरहेकी छु—र अझै पनि त्यो समर्थनको अपेक्षा गर्दै छु।”

अनुभव र प्रतिबद्धता:

  • विगत दुई कार्यकालदेखि नारी निकुञ्जमा उप–संयोजक र संयोजकको भूमिकामा योगदान

  • महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र समावेशी नेतृत्वको सशक्त पक्षधर

  • नेपाली भाषा, भेषभूषा, कला र संस्कृतिको जगेर्ना गर्ने विविध कार्यक्रमको आयोजना तथा नेतृत्व

  • महिला समुदायको आवाज र सहभागिता बढाउने निरन्तर पहल

अन्त्यमा गुरुङको सन्देश: “महिला नेतृत्व सशक्त भयो भने, सम्पूर्ण समुदायले गति लिन्छ। तपाईंहरूको साथ, माया र अमूल्य मतदानमार्फत मलाई पुनः यो जिम्मेवारी सम्हाल्ने अवसर दिनुहुनेमा पूर्ण विश्वास लिएको छु।”