प्रेम शाहीद्वारा NRNA अष्ट्रेलिया – पश्चिम अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५
गैरआवासीय नेपाली संघ (NRNA Australia) – पश्चिम अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्दै शाहीले भने, “म यस सम्मानित पदमा उम्मेदवारी दिन पाउँदा गौरवान्वित र प्रेरित भएको छु। मेरो निरन्तर सक्रियता र समर्पणले मलाई नेपाली समुदायप्रति अझ जिम्मेवार बनाएको छ।”

शाही सन् २०१७ देखि NRNA मा निरन्तर सक्रिय छन्। उनले युवा सदस्य (२०१७–२०१९)कार्यकारी सदस्य (२०१९–२०२१) को रूपमा भूमिका निर्वाह गरिसकेका छन्। साथै, उनी विभिन्न नेपाली खेलकुद क्लबहरू र समुदायकेन्द्रित संस्थाहरूमा पनि सक्रिय रूपमा आवद्ध रहँदै आएका छन्।

उम्मेदवारीको मुख्य उद्देश्य:

  • समुदायको हित संरक्षण,

  • संस्कृति, पहिचान र एकता प्रवर्द्धन,

  • सशक्त, समावेशी र संगठित नेपाली समाजको निर्माण,

  • पारदर्शी, जवाफदेही र एकीकृत नेतृत्वको अभ्यास।

शाहीले थप भने, “समुदायप्रतिको मेरो प्रतिबद्धता एकता, पारदर्शिता र साझा विकासमा आधारित छ। हामी सबैको साझा प्रयासबाट हाम्रो समुदायलाई अझ सबल, समुन्नत र सम्मानित बनाउन सक्नेछौं।”

उनले सम्पूर्ण समुदायसँग सुझाव, समर्थन र विश्वासको अपेक्षा गर्दै आफूलाई सशक्त बनाउन आग्रह गरेका छन्।