सुजन वाग्लेद्वारा एनआरएनए तास्मानिया (२०२५–२०२७) को स्टेट कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा

everest kitchen

होबार्ट, तास्मानिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन २०२५–२०२७ का लागि एनआरएनए तास्मानिया (NRNA-TAS) को State Coordinator पदमा सुजन वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

वाग्लेले सन् २०२३–२०२५ कार्यकालमा एनआरएनए तास्मानियामा सदस्यको रूपमा सेवा गर्दै अनुभव हासिल गरेका थिए। अहिले उनले सो अनुभवलाई अझ फराकिलो जिम्मेवारीमा रूपान्तरण गर्न, तास्मानियाको नेपाली समुदायको समुन्नति र सहकार्यलाई सुदृढ बनाउन, State Coordinator पदमा उम्मेदवारी दिने निर्णय लिएको बताएका छन्।

सुजन वाग्लेको प्रतिबद्धता:

राष्ट्रिय स्तरमा:

१. प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय सरकारसँग अनुदान सुनिश्चित गर्ने
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन
४. बहुसांस्कृतिक पहलहरूलाई समर्थन
५. सबै परोपकारी परियोजनाहरू NRNA Foundation मार्फत सञ्चालन
६. दोस्रो पुस्तालाई संस्थागत रूपमा समावेश गर्ने
७. व्यापार सञ्जालमार्फत उद्यमशीलता प्रवर्द्धन
८. स्टार्टअप मार्गदर्शन, व्यवसाय इन्क्युबेटर आयोजना
९. वकालत र नीतिगत संवादमा सक्रिय भूमिका

तास्मानियाभित्र:

१. समुदायमा एकता, सहकार्य र समावेशिता प्रवर्द्धन
२. नयाँ आगन्तुकहरूलाई सूचना, आवास, शिक्षा, रोजगारी र कानुनी सहायता
३. युवा र महिलाको नेतृत्व विकास तथा सीपमूलक सशक्तीकरण
४. विद्यार्थी र पेशाकर्मीका लागि करियर मार्गदर्शन र अवसर
५. नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण
६. संस्थागत पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता
७. स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य र समन्वय

वाग्लेले भने: “एनआरएनएको मूल उद्देश्य र सिद्धान्तप्रति समर्पित रही, म तास्मानियाको नेपाली समुदायलाई प्रतिनिधित्व गर्न प्रतिबद्ध छु। तपाईंहरूको विश्वास, साथ र सल्लाह मेरो लागि मार्गनिर्देशक हुनेछ।