एनआरएनए एनएसडब्ल्यु SYF युवा सदस्य पदमा नुरानी महर्जनको उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ (शनिबार) हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) अन्तर्गत राज्य समन्वय परिषद् (State Youth Forum – SYF) को निर्वाचनमा नुरानी महर्जनले युवा सदस्य (Youth Member) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

नुरानी महर्जन नेपाली युवाहरूलाई संगठित गर्ने, नेतृत्व विकासमा प्रेरित गर्ने र समृद्ध समुदाय निर्माणमा सक्रिय योगदान पुर्‍याउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी हुन्।

उनी भन्छिन्: “युवाहरू परिवर्तनका वाहक हुन्। एनआरएनएलाई अझ समावेशी, सक्रिय र भविष्यदृष्टि बनाउने कार्यमा म युवाहरूको सशक्त सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध छु।”

उनको उम्मेदवारीले एनएसडब्ल्यु राज्यमा रहेका नेपाली युवाबीच नेतृत्व, सहभागिता र सामाजिक उत्तरदायित्वको नयाँ आशा बोकेको विश्लेषण गरिएको छ।