सिड्नी, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को निर्वाचनका लागि सुदीप सिंह बिष्ट (काजी) ले यूथ कोअर्डिनेटर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सामुदायिक सेवामा लामो समयदेखि सक्रिय, अनुभवी तथा प्रतिबद्ध स्वयंसेवकहरूको टोलीसँग मिलेर उनले यो उम्मेदवारी अघि सारेका हुन्। बिष्टले एकताको भावना, युवाको सशक्त सहभागिता, र समुन्नत नेपाली डायस्पोराको निर्माणलाई आफ्नो प्राथमिक लक्ष्यका रूपमा प्रस्तुत गरेका छन्।
उनी भन्छन्: “हामी अनुभवी, क्रियाशील, र निष्ठावान स्वयंसेवकको टोली हौं। हामी नेपाली समुदायको हितमा समर्पित छौं — आउनुहोस्, हामी सबै मिलेर अझ सशक्त, समावेशी र एकतावद्ध भविष्य निर्माण गरौं।”