प्रकाश श्रेष्ठद्धारा NRNA तास्मानिया युवा सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

होबार्ट, तास्मानिया — आगामी २६ जुलाई २०२५ मा हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा प्रकाश श्रेष्ठ ले तास्मानिया राज्य समन्वय परिषद् (NRNA-TAS) अन्तर्गत युवा सदस्य (Youth Member) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विगत कार्यकाल (२०२३–२०२५) मा विभिन्न सामाजिक संस्थामा संलग्न रहँदै युवा नेतृत्व र सामुदायिक सेवामा सक्रिय भूमिका खेलेका श्रेष्ठले, अब संस्थागत रूपमै युवाहरूको आवाज र आकांक्षालाई अघि बढाउने प्रतिबद्धताका साथ मैदानमा उत्रिएका हुन्।

उनले भने, “एनआरएनएको उद्देश्य, संरचना र सेवामूलक भावनाप्रति पूर्ण आस्था राख्दै, म युवाहरूलाई नेतृत्व, सिर्जनशीलता, अवसर र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्न प्रतिबद्ध छु।”

राष्ट्रिय तथा स्थानीय प्रतिबद्धताहरू:

श्रेष्ठले उठाएका मुख्य एजेन्डाहरू यसप्रकार छन्:

🇦🇺 राष्ट्रिय स्तरमा:

  • प्रवासी नेपालीहरूको लगानी र उद्यमशीलता प्रवर्द्धन

  • राज्य र संघीय अनुदान सुनिश्चित गर्न सहकार्य

  • अनुदान कार्यदल गठन र बहुसांस्कृतिक पहलकदमीमा समर्थन

  • एनआरएनए फाउण्डेशन मार्फत परोपकारी परियोजना सञ्चालन

  • दोस्रो पुस्ताको शाखा सक्रिय गर्दै युवा नेतृत्व विकास

  • स्टार्टअप, व्यवसाय इन्क्युबेटर र लगानी सम्मेलनमार्फत आर्थिक सशक्तीकरण

  • नीति संवाद र वकालतमा युवाको सहभागिता

तास्मानिया केन्द्रित योजना:

  • एकता, समावेशिता र सहकार्यलाई प्राथमिकता

  • नयाँ आप्रवासीहरूका लागि आवास, शिक्षा, रोजगार, कानुनी सहायता सुनिश्चित

  • महिला र युवाहरूलाई सशक्त बनाउन तालिम तथा नेतृत्व कार्यक्रम

  • विद्यार्थी र पेसागत व्यक्तिका लागि करियर गाइड, सीप अभिवृद्धि र अवसर

  • भाषा, संस्कृति र नेपाली पहिचानको संरक्षणमा सक्रिय भूमिका

  • पारदर्शी र उत्तरदायी संस्थागत कार्यशैली

  • स्थानीय निकाय र एनआरएनए सञ्जालसँग समन्वय गर्दै समुदाय सेवामा समर्पण

सन्देश:

“युवाको ऊर्जा, नेतृत्वमा नयाँ सोच” भन्ने नारासहित श्रेष्ठले समुदायका सबै सदस्यहरूसँग सहकार्य गर्दै नयाँ सोच, योजना र अभियानमार्फत सशक्त तास्मानियाली नेपाली समुदाय निर्माण गर्ने अठोट व्यक्त गरेका छन्।