होबार्ट, तास्मानिया – आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा, पुरुषोत्तम रिमालले NRNA तास्मानिया (NRNA-TAS) को State Treasurer पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२१-२२ मा एनएसएनटीको कार्यसमिति सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गरेपछि, सन् २०२२-२४ अवधिमा कोषाध्यक्षको पदमा बिताएका दुई वर्षको अनुभवलाई आधार मानेर रिमालले आगामी कार्यकालमा अझ बढी जिम्मेवारी बहन गर्ने विश्वास लिएका छन्।
उनले भने, “एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई मार्गदर्शन बनाएर तास्मानियामा नेपाली समुदायका विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समुदायको हितमा प्रभावकारी काम गर्न प्रतिबद्ध छु।”
प्रमुख राष्ट्रिय प्रतिबद्धता:
१. प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय अनुदान सुनिश्चित
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन
४. बहुसांस्कृतिक पहलहरूलाई समर्थन
५. एनआरएनए फाउण्डेसन मार्फत परोपकारी परियोजनाहरू सञ्चालन
६. दोस्रो पुस्ता शाखाको सञ्चालन
७. व्यापार सञ्जालमार्फत लगानी र उद्यमशीलता प्रवर्द्धन
८. लगानी सम्मेलन, स्टार्टअप र व्यवसाय इन्क्युबेटर आयोजना
९. वकालत तथा नीतिगत संवादमा सक्रिय संलग्नता
तास्मानिया राज्यस्तरका प्रतिबद्धता:
१. समुदायमा एकता, सहकार्य र समावेशिता प्रवर्द्धन
२. नयाँ आप्रवासीहरूलाई आवश्यक सेवा र सहायता उपलब्ध गराउने
३. युवा र महिलाको नेतृत्व तथा सीप विकास
४. विद्यार्थी र पेशागतहरूलाई तालिम र अवसर प्रदान
५. नेपाली भाषा, संस्कृति र पहिचान संरक्षण र प्रवर्द्धन
६. संस्थागत पारदर्शिता र उत्तरदायित्व सुनिश्चित
७. स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य
पुरुषोत्तम रिमालले आफ्नो उम्मेदवारीमार्फत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अभियानमा सल्लाह, सुझाव र मतद्वारा साथ दिन हार्दिक अनुरोध गरेका छन्।