तास्मानिया, अष्ट्रेलिया – आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा, राजिव ओझाले NRNA तास्मानिया (NRNA-TAS) को State Secretary पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२३-२०२५ को कार्यकालमा Deputy Youth Coordinator पदमा रहेर प्राप्त अनुभव र सिकाइलाई आधार मानेर राजिवले आगामी कार्यकालमा थप जिम्मेवारी बहन गर्ने उद्देश्य राखेका छन्।
उनले आफ्नो उम्मेदवारीमा भनिएको छ: “म एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई मार्गदर्शन बनाएर तास्मानियाका नेपाली समुदायका संघ–संस्थाहरूसँग सहकार्य गर्दै समुदायको हितमा प्रभावकारी काम गर्न प्रतिबद्ध छु। तपाईंहरूको अमूल्य सुझाव, सल्लाह र समर्थनलाई सधैं उच्च सम्मानका साथ ग्रहण गर्नेछु।”
प्रमुख राष्ट्रिय प्रतिबद्धता:
१. प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय अनुदान सुनिश्चित
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन
४. बहुसांस्कृतिक पहलहरूलाई समर्थन
५. एनआरएनए फाउण्डेसन मार्फत परोपकारी परियोजनाहरू सञ्चालन
६. दोस्रो पुस्ता शाखाको सञ्चालन
७. व्यापार सञ्जालमार्फत लगानी र उद्यमशीलता प्रवर्द्धन
८. लगानी सम्मेलन, स्टार्टअप मार्गदर्शन कार्यक्रम तथा व्यवसाय इन्क्युबेटर आयोजना
९. वकालत तथा नीतिगत संवादमा सक्रिय संलग्नता
तास्मानिया राज्यस्तरका प्रतिबद्धता:
१. समुदायमा एकता, सहकार्य र समावेशिता प्रवर्द्धन
२. नयाँ आप्रवासीहरूलाई आवश्यक सेवा र सहायता उपलब्ध गराउने
३. युवा र महिलाको नेतृत्व तथा सीप विकास
४. विद्यार्थी र पेशागतहरूलाई तालिम र अवसर प्रदान
५. नेपाली भाषा, संस्कृति र पहिचान संरक्षण र प्रवर्द्धन
६. संस्थागत पारदर्शिता र उत्तरदायित्व सुनिश्चित
७. स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य
राजिव ओझाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन, सल्लाह र सुझावका लागि हार्दिक अनुरोध गरेका छन्।