सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) अन्तर्गत सदस्य पदका लागि संजोग पाठकले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
चार्टर्ड एकाउन्टेन्ट, प्रमाणित सार्वजनिक लेखापरीक्षक (CPA), MBA तथा वरिष्ठ अडिटरका रूपमा परिचित पाठकले लामो समयदेखि नेपाली समुदायमा पारदर्शिता, जिम्मेवारी र संस्थागत सुदृढीकरणका पक्षमा काम गर्दै आएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्: “हामी अनुभवी र समर्पित स्वयंसेवकहरूको समुह हौं, जो साँचो समुदाय सेवा र नेपाली डायस्पोराको एकता प्रवर्द्धनमा विश्वास राख्दछौं। अहिले नेतृत्वमा पारदर्शिता, समन्वय र दीर्घकालीन सोच अत्यावश्यक छ।”
उनले सबै नेपाली समुदायलाई आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा सहभागिता जनाउन आह्वान गर्दै आफ्नो टोलीको साझा एजेन्डा छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका छन्।