आशा श्रेष्ठद्वारा महिला समन्वयक (NSW SNN) पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया —
नेपाली डायस्पोरा समुदायमा महिलाको सक्रिय सहभागिता र नेतृत्वको सशक्त पक्षधर आशा श्रेष्ठले आगामी NSW SNN को महिला समन्वयक पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्।

उनले समुदायलाई सम्बोधन गर्दै भनिन्:“हामी अनुभव सम्पन्न, समर्पित स्वयंसेवकहरूको एक सशक्त टोली हौं। हाम्रो साझा प्रतिबद्धता भनेको नेपाली डायस्पोरा समुदायमा महिलाहरूको सहभागिता र नेतृत्वलाई अझ सशक्त बनाउनु हो।”

हाम्रो दृष्टिकोण:

  • समावेशी नेतृत्व र जिम्मेवारीको स्पष्ट विभाजन

  • पारदर्शी आर्थिक संचालन प्रणाली

  • महिलाको आवाज र अभिव्यक्तिलाई बलियो प्लेटफर्ममा रुपान्तरण

उनले आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा सबैलाई सहभागिता जनाउन आह्वान गर्दै जोड दिदै भनिन् :“हामी समानता, सेवा र ऐक्यबद्धतामा आधारित उज्यालो र एकतापूर्ण भविष्य निर्माण गर्न चाहन्छौं। तपाईंहरूको साथ र समर्थनको अपेक्षा छ।”