निरोज देवकोटा ‘गोर्खाली’द्वारा NRNA NT उप–समन्वयक पदमा उम्मेदवारी घोषणा

everest kitchen

डार्विन, अष्ट्रेलिया —
नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै, निरोज देवकोटा ‘गोर्खाली’ले गैरआवासीय नेपाली संघ (NRNA) NT राज्य समन्वय परिषद् (SCC) को उप–समन्वयक पद (कार्यकाल २०२५–२०२७) का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

अनुभव र प्रतिबद्धताको आधारमा उम्मेदवारी

युवासदस्य (२०२१–२०२३) र त्यसपछिको कार्यकालमा युवा संयोजक (२०२३–२०२५) को रूपमा सफलतापूर्वक सेवा गरिसकेका देवकोटाले भने:“समुदायको बदलिंदो आवश्यकता बुझ्ने अवसर यिनै अनुभवहरूबाट पाएँ। अबको यात्रामा अझ व्यापक रूपमा सबैको प्रतिनिधित्व गर्ने अठोटका साथ अघि बढेको छु।”

उनले “टीम त्रिलोचन” को तर्फबाट उम्मेदवारी दिँदै, राजनीतिक प्रभावबाट मुक्त, सेवा, एकता र समावेशिता मा आधारित अभियान संचालन गरिरहेको स्पष्ट पारे।

गोर्खालीका मुख्य प्राथमिकताहरू:

  • समुदाय–केन्द्रित कार्यक्रमहरू लागू गर्न नेतृत्व टोलीसँग सहकार्य

  • युवा, विद्यार्थी, परिवार र पेशागत समूहहरूको प्रतिनिधित्व र हितको सुनिश्चितता

  • स्थानिय तथा राष्ट्रिय सञ्जालसँग सहकार्य गरी व्यावहारिक अवसरहरू सिर्जना

  • पारदर्शिता, वित्तीय जवाफदेहिता र सहकार्यमा आधारित नेतृत्व अभ्यास

देवकोटाले थपे: “व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर समुदायको हितमा निष्ठा र जवाफदेहितासाथ कार्य गर्न प्रतिबद्ध छु।”