क्यानबेरा, अष्ट्रेलिया —
“नेतृत्व पद होइन, जिम्मेवारी हो” भन्ने मूल मन्त्रका साथ अजय रानाभाटले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – क्यानबेरा (ACT) राज्य समन्वय परिषद्को संयुक्त सचिव (Joint Secretary) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
समुदाय मेरो आत्मा, सेवा मेरो प्रण
विगतका धेरै वर्षदेखि क्यानबेरास्थित नेपाली समुदायमा आपतकालीन राहत, सामाजिक अभियान, सांस्कृतिक कार्यक्रम व्यवस्थापन लगायतका थुप्रै क्षेत्रमा अग्रसर रहँदै आएका रानाभाटले अब NRNA को औपचारिक संरचनामार्फत सेवा विस्तार गर्ने संकल्प लिएका छन्।
उहाँले भन्नुभयो: “बिदेशमा रहे पनि नेपाली संस्कृति, एकता र सहयोगको भावना मजबुत बनाउँदै NRNA लाई अझ प्रभावशाली र जनमुखी बनाउने मेरो अठोट हो।”
उम्मेदवारका प्रतिबद्धताहरू:
-
समुदायप्रति उत्तरदायी र पहुँचयोग्य नेतृत्व प्रदान गर्ने
-
NRNA लाई जनमुखी, समावेशी र पारदर्शी बनाउने
-
क्यानबेरास्थित नेपाली समुदायका हकहित र आवाजलाई संस्थागत रूपमा उठाउने
-
संस्कृति, सहकार्य र सम्भावनालाई प्रवर्द्धन गर्ने साझा अभियानको नेतृत्व गर्ने
उहाँका अनुसार, “NRNA केवल एउटा संस्था होइन, यो हाम्रो पहिचान, हक, र सम्भावनाको साझा मञ्च हो। म तपाईंहरूको विश्वासको प्रतिनिधि बनेर काम गर्न तयार छु।”
अन्त्यमा, रानाभाटले समुदायलाई समर्पित भावनाका साथ समर्थनको आह्वान गर्दै भने: “सशक्त समुदाय, सबल नेतृत्व र साझा भविष्यको लागि तपाईंहरूको साथ आवश्यक छ। कृपया साथ दिनुहोस्।”