श्याम बोहराद्वारा एनआरएनए अष्ट्रेलिया राष्ट्रिय युवा कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

everest kitchen

अडलेड, अष्ट्रेलिया —
Together for a Stronger Nepali Diaspora” भन्ने मूल नाराका साथ, समुदायप्रति समर्पित युवा नेतृत्वकर्ता श्याम बोहराले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को राष्ट्रिय युवा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।

नेतृत्वको मूल आधार — पारदर्शिता, अनुशासन र जवाफदेहिता

बोहरा लामो समयदेखि नेपाली डायस्पोरामा युवा समावेशिता, संस्थागत सुधारसशक्त नेतृत्वको प्रवर्द्धन गर्दै आइरहनुभएको छ। उहाँले यसअघि NRNA साउथ अष्ट्रेलियाको SCC सदस्य (२०१९–२०२१)राष्ट्रिय युवा सदस्य (२०२१–२०२३) को रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

उहाँको भनाइमा: “आजको युग पारदर्शिता, जवाफदेही नेतृत्व र युवाको सार्थक सहभागिता खोजिरहेको छ। म युवाशक्ति र संस्थागत विश्वासबीच सशक्त सेतु बन्ने अठोटसाथ अगाडि बढेको छु।”

उम्मेदवारीका तीन मूल स्तम्भ:

पारदर्शिता
आर्थिक अनुशासन
उत्तरदायित्व र जवाफदेही नेतृत्व

श्याम बोहरा थप्छन्: “संस्थागत सुधार, आर्थिक शुद्धता र युवाको हक–अधिकार सुरक्षित गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु। मेरो अनुभव, समर्पण र नेतृत्वका मूल्यहरूमार्फत NRNA लाई अझ मजबुत बनाउने मेरो लक्ष्य छ।”

उहाँले सम्पूर्ण नेपाली समुदायसँग आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा आफ्नो समर्थन, विश्वास र अमूल्य मत प्रदान गर्न अनुरोध गर्नुभएको छ।

“तपाईंहरूको साथले हामी सबै मिलेर एक एकीकृत, सक्षम र सशक्त नेपाली डायस्पोरा निर्माण गर्न सक्छौं। म तयार छु — सेवा गर्न, पारदर्शिता कायम गर्न, र युवाको भविष्य सुनिश्चित गर्न।”