विष्णु तिवारीद्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

एडिलेड, अष्ट्रेलिया —
नेपाली समुदायको सामाजिक, सांस्कृतिक र संस्थागत क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आउनुभएका विष्णु तिवारीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा अष्ट्रेलियाबाट उम्मेदवारी घोषणा गर्नुभएको छ।

एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका तिवारी, अघिल्लो कार्यकालमा NRNA अष्ट्रेलिया (NCC) सदस्यका रूपमा क्रियाशील रहनु भएका थिए। सो अनुभवले उहाँलाई संस्थागत ज्ञान, उत्तरदायित्व र नेतृत्व क्षमतामा अझ परिपक्व बनाएको उहाँ बताउनुहुन्छ।

नीति निर्माणदेखि डिजिटल सदस्यता प्रवर्द्धनसम्मका स्पष्ट प्राथमिकताहरू

तिवारीले आफ्नो उम्मेदवारीसँगै आगामी कार्यकालका लागि प्राथमिकताहरू पनि सार्वजनिक गर्नुभएको छ:

🔹 प्रवासी नेपालीको हक, हित र सुरक्षाका लागि नीति तहमा आवाज उठाउने
🔹 युवा पुस्तालाई नेतृत्वमा ल्याउन अवसर सिर्जना गर्ने
🔹 अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यवसाय, शिक्षा र सामाजिक गतिविधिलाई प्रवर्द्धन गर्ने
🔹 पारदर्शिता, जवाफदेहिता र समावेशी नेतृत्वको अभ्यासलाई संस्थागत बनाउने
🔹 दशौं विश्व सम्मेलनका निर्णयहरू कार्यान्वयन गर्न अग्रसर रहने
🔹 NRNA ID प्रणाली प्रभावकारी बनाउँदै डिजिटल सदस्यता अभिवृद्धिमा काम गर्ने

“NRNA सबै नेपालीको साझा, समावेशी र विश्वसनीय मञ्च बन्नुपर्छ”

उहाँले भन्नुभयो, “NRNA कुनै व्यक्तिको मात्र होइन, सम्पूर्ण प्रवासी नेपालीको साझा मञ्च हो। यसको संस्थागत सुधार र विश्वसनीयता सुनिश्चित गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु।”

उहाँले आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनमा सम्पूर्ण नेपाली समुदायसँग हार्दिक समर्थन र विश्वासको अपेक्षा व्यक्त गर्नुभएको छ।