क्यानबेरा, अष्ट्रेलिया —
क्यानबेरामा १८ वर्षदेखि स्थायी रूपमा बसोबास गर्दै आउनुभएका समाजसेवी तथा NRNA अष्ट्रेलिया ACT को सक्रिय सदस्य दिक्षान्त ढुंगेलले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया ACT कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
उहाँ ललित मल्लज्यूको नेतृत्वमा रहेको टिमको तर्फबाट उम्मेदवार बन्नुभएको हो।
क्यानबेरामा हुर्किएर सेवा भावले अगाडि बढेका उम्मेदवार
काठमाडौंको चाबहिलमा जन्मिएका ढुंगेलले आफ्नो जीवनको बहुमूल्य समय अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिताउँदै आउनुभएको छ। विगत दुई वर्षमा NRNA अष्ट्रेलिया ACT को राज्य समन्वय समिति सदस्य (SCC Member, 2023–2025)को रूपमा भूमिका निर्वाह गर्दै, उहाँले नेपाल फेस्टिवल क्यानबेरा लगायत थुप्रै सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुभएको थियो।
उहाँले भन्नुभयो:“समुदायले दिएको विश्वास, साथ र सम्मानको लागि म आभारी छु। अब म अझ जिम्मेवार भूमिकामा रही पारदर्शिता, इमानदारी र ऊर्जा सहित सेवा गर्न इच्छुक छु।”
दिक्षान्त ढुंगेलको प्रतिबद्धता:
🔹 इमानदारीपूर्ण आर्थिक व्यवस्थापन
🔹 समुदायसँग प्रत्यक्ष संवाद र पारदर्शी कार्यशैली
🔹 सांस्कृतिक, सामाजिक र युवा कार्यक्रमहरूलाई निरन्तरता
🔹 समावेशी नेतृत्व र सक्रिय सहभागिता प्रवर्द्धन
उहाँले आगामी २६ जुलाई २०२५ मा हुन लागेको निर्वाचनमा सम्पूर्ण क्यानबेराबासी नेपाली समुदायसँग समर्थन, सुझाव र मतको अपिल गर्नुभएको छ।