एनआरएनए तास्मानिया SCC सदस्य पदका लागि खेम कुँवरको उम्मेदवारी घोषणा

everest kitchen

होबार्ट, तास्मानिया — आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को निर्वाचनअन्तर्गत तास्मानिया राज्य समन्वय समिति (State Coordination Committee – SCC) सदस्य पदका लागि खेम कुँवरले उम्मेदवारी घोषणा गरेका छन्।

तास्मानियामा लामो समयदेखि बसोबास गर्दै आएका खेम कुँवर सामाजिक तथा समुदायिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले एनआरएनएको मूल उद्देश्य र सिद्धान्तलाई आत्मसात गर्दै, संगठनले अघिसार्दै आएका कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारी घोषणा गर्दै खेम कुँवरले भने:“तास्मानियामा रहेका सबै नेपाली समुदायसँग सहकार्य गर्दै, हामीले एकआपसमा एकता, सहयोग र समावेशिताको भावनालाई प्रवर्द्धन गर्न जरुरी छ। मेरो उम्मेदवारी कुनै पदको चाहना मात्र होइन, समुदायप्रतिको जिम्मेवारीबोध हो।”

खेम कुँवरद्वारा प्रस्तुत केही प्रमुख प्रतिबद्धताहरू:

🔹 प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
🔹 राज्य तथा संघीय अनुदान सुनिश्चित
🔹 युवा तथा महिलालाई सशक्त बनाउने कार्यक्रम
🔹 नयाँ आप्रवासीका लागि मार्गदर्शन, जानकारी तथा सहयोग
🔹 नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण
🔹 उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप र व्यवसाय इन्क्युबेटर स्थापना
🔹 एनआरएनए अष्ट्रेलियाको दोस्रो पुस्ता शाखा सञ्चालनमा ल्याउने
🔹 पारदर्शी, जवाफदेही र सहभागी नेतृत्व प्रदान गर्ने

खेम कुँवरले तास्मानियामा क्रियाशील सबै नेपाली संघ–संस्थासँग सहकार्य गर्दै, समग्र नेपाली समुदायको हितमा योजनाबद्ध ढंगले कार्य गर्ने अठोट समेत व्यक्त गरेका छन्।

उनले समुदायका सम्पूर्ण सदस्यहरूलाई सुझाव, समर्थन र मार्गदर्शनका लागि आग्रह गर्दै भनेका छन्, “हामी सबै एकै ठाउँमा नभए पनि हाम्रो भाषा, संस्कृति र एकता नै हाम्रो पहिचान हो। आउनुहोस्, यो पहिचानलाई अझ मजबुत बनाऔं।