एनआरएनए एनटी युवा उप-संयोजक पदका लागि योगेन नाल्बो लिम्बुको उम्मेदवारी घोषणा

everest kitchen

डर्विन, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा योगेन नाल्बो लिम्बुले युवा उपसंयोजक (Youth Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

जिम्मेवारी र समर्पणको भावनासहित उम्मेदवारी

योगेनले एनटीमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै लेखेका छन्: “यो उम्मेदवारी केवल पदका लागि होइन, यो हाम्रो युवाहरूको क्षमता, आवाज र भविष्यलाई सशक्त बनाउने साझा अभियान हो।”

उनले विगतका वर्षहरूमा युवा संलग्नता, बहुसांस्कृतिक खेल गतिविधि, र सामुदायिक सेवा मार्फत विविध कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको अनुभवको आधारमा समुदायका आवश्यकतालाई नजिकबाट बुझेको बताएका छन्।

‘Team Trilochan’ को प्रतिनिधित्व

योगेन नाल्बो लिम्बु नेपाली राजनीति बाहिरको, निस्वार्थ र अनुभवी समूह ‘Team Trilochan’ को प्रतिनिधिका रूपमा अघि सरेका छन्। उनले उल्लेख गरे: “हामी पारदर्शिता, एकता र साझा सेवामा विश्वास राख्ने टोली हौं—हामी केवल सेवा गर्न चाहन्छौं, राजनीति होइन।”

उनका मुख्य प्रतिबद्धताहरू:

✅ युवा संयोजकलाई सहकार्य गर्दै प्रभावकारी र समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने
✅ नेतृत्व, सांस्कृतिक आदानप्रदान, सामुदायिक सेवा र मनोरञ्जनात्मक गतिविधिमा युवाको सक्रिय सहभागिता बढाउने
✅ विद्यार्थी, नयाँ आप्रवासी र युवा व्यवसायीहरूलाई सजिलो एकीकरण र संलग्नताका कार्यक्रमहरू ल्याउने
✅ युवा र समुदायबीच सहकार्य र एकताको भावना विकास गर्ने