डर्विन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को २०२५–२०२७ कार्यकालका लागि युथ सदस्य (Youth Member) पदमा विशेष अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
युवा नेतृत्वका लागि प्रतिबद्धता
विशेष अर्यालले अष्ट्रेलियाको डार्विनमा रहँदै विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा युवाहरूको सहभागिता र नेतृत्व प्रवर्द्धन गर्दै आएका छन्। युवा सशक्तिकरण र समुदाय निर्माणप्रतिको उहाँको योगदान प्रशंसनीय रहँदै आएको छ।
“यो पद मेरो लागि केवल जिम्मेवारी होइन, हाम्रो युवाहरूको आवाज र भविष्य निर्माणतर्फको प्रतिबद्धता हो,” — विशेष अर्याल
उनका प्रमुख योगदानहरू:
-
नेपाली समुदायको युवा क्रिकेट टिम गठन गरी स्थानीय प्रतियोगितामा सहभागिता सुनिश्चित
-
नयाँ विद्यार्थीहरूको स्वागत, एयरपोर्ट पिकअप र बसोबास सहयोग
-
नेतृत्व र टिमवर्कमा आधारित कार्यक्रमहरूको आयोजना
-
सांस्कृतिक तथा स्वयंसेवी कार्यक्रमहरूमा सक्रिय उपस्थिति
उम्मेदवारीमा उनको प्रतिज्ञा:
🔸 युवाहरूको आवाज र सरोकारलाई निष्ठापूर्वक प्रतिनिधित्व गर्ने
🔸 नेतृत्व र सीप विकासमा केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने
🔸 खेल, संस्कृति, सीपमूलक तालिम र अवसरहरूको पहुँच बढाउने
🔸 समावेशिता, पारदर्शिता र सहकार्यको भावना मजबुत बनाउने