डर्विन, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद् २०२५–२०२७ कार्यकालका लागि युवा सदस्य पदमा रोशन पाठकले उम्मेदवारी घोषणा गरेका छन्।
व्यावसायिक रणनीतिकार र युवा अभियन्ताका रूपमा परिचित पाठकले एनआरएनए एनटी अन्तर्गत भवानी पौड्याल नेतृत्वको टिमलाई समर्थन गर्दै आफूले यूथ कमिटीलाई समावेशी, गतिशील र भविष्यमुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
उम्मेदवार परिचय:
रोशन पाठक सात वर्षअघि अष्ट्रेलिया आएपछि पछिल्ला चार वर्षदेखि डार्विनमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। हाल उनी गोल्ड कोस्टस्थित एक अग्रणी ई–कमर्स समूहमा ग्रोथ एण्ड मार्केटिङ लिडरको रूपमा कार्यरत छन्।
उनले ब्युटी, लाइफस्टाइल र वेलनेस ब्राण्डहरूलाई विश्व बजारमा विस्तार गर्न रणनीति, डिजिटल ग्रोथ र परफर्मेन्स मार्केटिङमार्फत नेतृत्व प्रदान गरेका छन्।
समुदायप्रतिको दृष्टिकोण: “व्यावसायिक जीवनभन्दा बाहिर म समुदाय निर्माण र युवाको सशक्तिकरणमा विश्वास गर्छु। म जान्दछु कसरी सुरुवातदेखि बनाउने, र अरूलाई पनि त्यो गर्न प्रेरित गर्ने।” — रोशन पाठक
उम्मेदवारीमा उनको प्राथमिकता:
🔹 रणनीतिक सोच र स्पष्ट कार्ययोजनासहित युवा कार्यक्रमहरू सञ्चालन
🔹 समावेशी र दिगो नेतृत्व संस्कृति निर्माण
🔹 नयाँ पुस्ताका नेपाली युवाहरूलाई अवसर र मार्गदर्शन प्रदान
🔹 डिजिटल क्षमता विकास र पेशागत सञ्जाल विस्तारमा जोड
🔹 NT र अन्य राज्यका युवाबीच संवाद र सहकार्य प्रवर्द्धन