डर्विन, अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि यूथ कोअर्डिनेटर पदमा अनुपम ढुङ्गानाले उम्मेदवारी घोषणा गरेका छन्। युवा सशक्तीकरण र सामुदायिक समावेशिताको पक्षमा दृढ प्रतिबद्धता राख्दै उनले उक्त पदमा उम्मेदवारी दिएका हुन्।
ढुङ्गानाको अभिव्यक्ति: “विदेशको नयाँ वातावरणमा संघर्षरत विद्यार्थीहरूको स्वागत र समर्थन हामी सबैको सामूहिक जिम्मेवारी हो। म यथासम्भव संरचित र व्यवहारिक उपायमार्फत उनीहरूको साथ दिने प्रतिवद्धताका साथ यो भूमिकामा अघि सरेको हुँ।”
उम्मेदवारको प्राथमिकताहरू:
✅ विद्यार्थीहरूको सहज शुरुवातका लागि NRNA Student Advisory Council सँग मिलेर साँस्कृतिक अभिमुखीकरण, सेवा जानकारी, र कम्युनिटी नेटवर्क निर्माणमा आधारित ‘ओनबोर्डिङ प्रोग्राम’ सुरु गर्ने।
✅ नयाँ र अनुभवी युवाबीच ‘मेन्टोरसिप पाथवे’ निर्माण गरी अनुभव साटासाट, परामर्श र सम्बन्ध विकासमा सहयोग पुर्याउने।
✅ नेपाली विद्यार्थीका समस्यालाई सम्बोधन गर्ने नियमित वर्कशप तथा फोरम आयोजना गर्ने—जसमा मानसिक स्वास्थ्य, नेतृत्व विकास, र अधिकार चेतना जस्ता विषय समावेश हुने।