भिक्टोरिया – एनआरएनए अष्ट्रेलिया अन्तर्गत आगामी २०२५–२०२७ कार्यकालको लागि भिक्टोरिया राज्यको युवा संयोजक पदमा गौरव सुनारले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली युवा समुदायमा लामो समयदेखि सक्रिय सुनारले १६ वर्षको उमेरदेखि नै नेपालमा युवा नेतृत्व र सामाजिक अभियोजनमार्फत आफ्नो यात्रा सुरु गरेका थिए। त्यसयता उनले नेपाल र अष्ट्रेलिया दुवैमा युवाको सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएका छन्।
उनी हाल उप-युवा संयोजक (२०२३–२०२५) को भूमिकामा छन् भने अघिल्लो कार्यकालमा एनआरएनए युवा सदस्य – भिक्टोरिया (२०२१–२०२३) का रूपमा पनि कार्यरत भइसकेका छन्।
व्यवसायिक पृष्ठभूमि
गौरव पेशाले एक आईटी व्यवसायी हुन्। उनी GAPS Connect नामक अष्ट्रेलिया-आधारित Managed IT Service Provider का संस्थापक तथा CEO हुन्। यस कम्पनीमार्फत उनले डिजिटल रूपान्तरण, साइबर सुरक्षा र आईटी रणनीतिमा केन्द्रित परामर्श सेवा प्रदान गर्दै आएका छन्।
त्यस्तै, Extratech Melbourne का निर्देशकको रूपमा, उनले १,५०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आईटी, लेखा, इन्जिनियरिङ् लगायतका क्षेत्रमा करियर बनाउने अवसर उपलब्ध गराएका छन्।
उनका प्रमुख एजेन्डाहरू
-युवा नेतृत्व र करियर विकास कार्यक्रमहरू
-युवाका लागि उद्यमशीलता तथा स्टार्टअप सहयोग
-मानसिक स्वास्थ्य तथा जीवनशैली सम्बन्धी जनचेतना
-डिजिटल सुरक्षा र साइबर सचेतना कार्यक्रम
-खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू (फुटसल, टेबल टेनिस, क्रिकेट आदि)
किन गौरव सुनार?
-युवा नेतृत्वमा १६ वर्षदेखि सक्रिय अनुभव
-करियर परामर्शमा पाँच वर्षभन्दा बढीको व्यावसायिक अनुभूति
-हजारौं नेपाली विद्यार्थीलाई करियर निर्माणमा मार्गदर्शन
-सामुदायिक एकता, समावेशी नेतृत्व, र व्यवहारिक समाधानमा विश्वास
-डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, र युवा सशक्तिकरणमा स्पष्ट दृष्टिकोण
अन्त्यमा, उनले नेपाली समुदायका सबै युवालाई सम्बोधन गर्दै भनेका छन्, “हामी सँगै उठौँ, युवाका लागि, युवाद्वारा। तपाईंहरूको विश्वास र साथले हामी बलियो, समावेशी र सशक्त नेपाली युवा समुदाय निर्माण गर्न सक्षम हुनेछौं।”