डब्लिन, आयरल्यान्ड –
एनआरएनए एनसीसी आयरल्यान्ड (२०२५–२०२७) को कार्यकालका लागि संयुक्त कोषाध्यक्ष पदमा राजेन्द्र न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
राजेन्द्र न्यौपानेले आयरल्यान्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन गर्दै अगाडि भनेका छन्: “म, राजेन्द्र न्यौपाने, तपाईंहरूको साथ, सुझाव र समर्थनका साथ पारदर्शी, उत्तरदायी र समर्पित आर्थिक व्यवस्थापन गर्ने प्रतिबद्धताका साथ उम्मेदवार भएको छु।”
सन्देश नेपाली समुदायप्रति:
-“तपाईंको एक मत, नयाँ सोच र जिम्मेवार नेतृत्वका लागि ठूलो कदम बन्न सक्छ।”
-कृपया म र मेरो टिमलाई तपाईंको अमूल्य समर्थन र भोट दिनुहोस्।
-तपाईंको साथ र भरोसाले मात्रै सकारात्मक परिवर्तन सम्भव छ।