साझा उद्देश्य र अभियानका साथ सुरज पौडेलद्धारा एनआरएनए क्वीन्सल्याण्ड डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा

everest kitchen

ब्रिस्बेन, जुलाई ११ | एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि क्वीन्सल्याण्ड राज्य डिपुटी कोअर्डिनेटर पदमा सुरज पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेपाली समुदायलाई सम्बोधन गर्दै उनले प्रवासमा रहेर मातृभूमिको हित र समुदायको सशक्तिकरणमा आफ्नो योगदानलाई अझ फराकिलो बनाउने उद्देश्य राखेको जनाएका छन्।

उनले भने, “साझा उद्देश्य र साझा अभियानलाई आत्मसात गर्दै म एनआरएनएको जिम्मेवारीमा सहभागी हुन इच्छुक छु। तपाईंहरूको साथ, सल्लाह र मार्गदर्शनको अपेक्षा गर्दछु।”

समर्पित सेवा र अनुभव

१६ वर्षदेखि अष्ट्रेलियामा सूचना प्रविधि (आईटी) क्षेत्रमा क्रियाशील सुरज पौडेलले शिक्षादेखि नेतृत्व विकास, युवा सशक्तिकरणदेखि भाषा र संस्कृतिको संरक्षणसम्मका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

प्रवासी नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने दृष्टिकोणका साथ उनले संवेदनशीलता, जवाफदेहिता र समावेशीपनमा आधारित एनआरएनएको संस्थागत विकास गर्ने अठोट सार्वजनिक गरेका छन्।

उम्मेदवारीका प्रमुख कारणहरू:

🔹 नेतृत्वमा नयाँ पुस्तालाई जोड्ने अभियान।
🔹 सम्पूर्ण क्वीन्सल्याण्डभर समन्वित र एकीकृत कार्ययोजना निर्माण।
🔹 सामाजिक, सांस्कृतिक र आपतकालीन सहयोग कार्यक्रमलाई सुदृढ बनाउने।
🔹 एनआरएनएलाई सबै नेपालीका लागि आत्मीय संस्था बनाउने वातावरण तयार पार्ने।
🔹 साइबर सुरक्षा, स्क्याम र डिजिटल ठगीविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्ने।

सुरज पौडेलले अन्त्यमा भने, “मैले तपाईंहरूको साथ, सल्लाह र सुझावको निरन्तर अपेक्षा गरेको छु। एनआरएनएप्रति समर्पित भावना र सहभागिताको भावनाले हामीलाई अझ बलियो बनाउँछ।”