अष्ट्रेलिया, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय युवा संयोजक (National Youth Coordinator) पदमा पुकार घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए अष्ट्रेलियामा युवा फोरमका सचिव र क्वीन्सल्याण्ड राज्यका खेलकुद संयोजकको भूमिकाबाट संकलित अनुभवलाई अब राष्ट्रिय स्तरमा उपयोग गर्न चाहेको उनले बताएका छन्।
उनले भने, “यस यात्रालाई अझ ऊर्जा, गहिरो सहभागिता र व्यापक प्रभावसहित अघि बढाउने मेरो प्रतिबद्धता छ। तपाईंहरूको समर्थन र सुझावको अपेक्षा राख्दछु।”
कार्यदिशा र प्राथमिकताहरू
पुकार घिमिरेले राष्ट्रिय संयोजकको रुपमा आफूले कार्यान्वयन गर्ने प्रमुख योजना तथा उद्देश्यहरू यस्ता रहेका छन्:
✅ खेलकुद र वेलनेस सेसनमार्फत मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि।
✅ Youth Conclave को निरन्तरता र विस्तार, राष्ट्रिय स्तरमा युवाको आवाजलाई सशक्त बनाउने।
✅ राज्यस्तरीय युवा संयोजकहरूसँग समन्वय गर्दै स्थानीय कार्ययोजनालाई राष्ट्रिय प्रभावमा परिणत गर्ने।
✅ दोस्रो पुस्ताका नेपाली-अष्ट्रेलियालीहरूसँग जोडिएर नेतृत्व र समुदाय सहभागितामा अवसर सिर्जना गर्ने।
✅ युवा र बहुसांस्कृतिक संस्थाहरूसँग सहकार्य गर्दै साझा कार्यक्रम विकास गर्ने।
✅ युवाको रुचि, सीप र सांस्कृतिक पृष्ठभूमिमा आधारित विविध खेलकुद कार्यक्रम सञ्चालन।
उनले हाल विस्तृत कार्ययोजना अन्तिम चरणमा रहेको जानकारी गराउँदै, चाँडै सार्वजनिक गरिने बताएका छन्।
पुकार घिमिरेले आफूलाई सशक्त, समावेशी र सम्पूर्ण अष्ट्रेलियाली नेपाली युवालाई प्रतिनिधित्व गर्ने नेतृत्वको रूपमा अघि सार्दै भनेका छन्: “हामी सँगै मिलेर अझ बलियो, जोडिएको र क्रियाशील युवा समुदाय निर्माण गर्न सक्छौं। कृपया तपाईंहरूको समर्थन, सुझाव र प्रेरणा प्रदान गर्नुहोस्।”